पाकिस्तानी प्रधानमन्त्री भारतमा

जयपुर (भारत), २६ फागुन । पाकिस्तानका प्रधानमन्त्री रजा परवेज अशरफ मुसलमान धार्मिक यात्राका लागि शनिबार भारत आइपुगेका छन् ।
प्रधानमन्त्रीका रूपमा असरफको यो पहिलो भारत भ्रमण हो । भारतीय विदेशमन्त्री सलमान खुर्सिदले असरफलाई खुला रूपमा स्वागत गरिने प्रतिक्रिया दिएका छन् । मन्त्री खुर्सिदले पाकिस्तानी प्रधानमन्त्रीको सम्मानमा भारतको उत्तरी जयपुर नगरको रामबाग प्यालेस होटलमा दिवाभोज आयोजनासमेत गरेका छन् । पाहुनाको स्वागत गर्नु भारतीय संस्कृति भएको खुर्सिदको भनाइ छ ।
भारतको विदेश मन्त्रालयका एक अधिकारीले यस बैठकमा ठोस वार्ता नहुने जानकारी दिए । गत अप्रिलमा पाकिस्तानी राष्ट्रपति असिफ अली जरदारी भारतको तीर्थयात्रामा जाँदा प्रधानमन्त्री मनमोहन सिंहले दिवाभोज आयोजना गरेका थिए ।
जयपुरबाट १ सय ३० किलोमिटरको दूरीमा रहेका अजमेरमा सुफी सन्त हजरात ख्वाजा गरिब नवाजको मस्जिद छ र पाकिस्तानी प्रधानमन्त्री असरफ परिवारका साथ मस्जिद यात्राका लागि आएको एजेन्सीले जनाएका छन् । (एजेन्सी)

प्रतिक्रिया