प्रहरीमाथि हातपात गर्ने पक्राउ

काठमाडौं, २६ फागुन । ललितपुर र सुर्खेत जिल्लामा सवारी जाँच गर्ने क्रममा ट्राफिक प्रहरीमाथि हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरको जावालाखेलमा मापसे चेकजाँचका क्रममा स्कुटी चालक मकवानपुर घर भएका २२ वर्षीय किसु थापाले प्रहरी जवान बिनोद कुमार यादवमाथि हातपात गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–५ ऐरीचोकमा डिउटीमा खटिएका प्रहरी जवान भिम बहादुर बुढामाथि पनि मोटरसाईकल चाककलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार शुक्रबार राती मोटरसाईकल चेकजाँच गर्नेक्रममा वीरेन्द्रनगर–४ बस्ने श्याम ढकालले प्रहरी जवान बुढामाथि हातपात गरेका थिए ।

प्रतिक्रिया