सवारी दुर्घटनामा तीन जनाको मृत्यु

dangदाङ, २६ फागुन । दाङसहित विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच यात्रु घाईते भएका छन् ।
कपिलबस्तुमा आज विहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गजेहडा–७ स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा ना.४ ख ५४११ नम्बरको ट्रकले लु.१४ प २८० नम्बरको मोटरसाइकल चालक मोतीपुर–३ का कमल घिमिरेको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट उछिट्टिएको मोटरसाइकलले बा.४ ख १८९१ नम्बरको बसलाई ठक्कर दिएको थियो । बसमा सवार पाँच जना यात्रु पनि घाईते भएका छन् ।
यता, दाङको लालमटिया–८ मा बसको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । ना.४ ख ४५५६ नम्बरको बसले निरज परियारलाई शुक्रबार बेलुका ठक्कर दिएको थियो । गम्भीर घाइते निरजलाई उपचारका लागि लमहीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता, रुकुमको खलङ्गा–७, ठाडोढुङ्गामा ट्याक्टर दुर्घटनामा परेर सहचालक विनोद केसीको मृत्यु भएको छ । रा.१ त १२१० नम्बरको ट्याक्टर उकालो चढ्ने क्रममा दुर्घटना हुँदा ट्याक्टरका १९ वर्षीय केसी गम्भीर घाइते भएका थिए । उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया