एमाओवादी र एमालेबीच परामर्श

puspakamal dahal niwasकाठमाडौं, २६ फागुन । मुलुकको पछिल्लो राजनीतिक गतिरोध अन्त्य र प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकारलाई लिएर एमाओवादी र एमालेबीच परामर्श भएको छ ।
लाजिम्पाटस्थित एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज विहान भएको छलफलमा चुनावी सरकार र विवादित विषयमा सहमति जुटाउने सम्बन्धमा कुराकानी भएको नेताहरुले जनाएका छन् । छलफल सकारात्मक रहेको उनीहरुको दाबी छ ।
छलफल पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ विवादित केही बुँदामा सहमति नजिक पुगिएको दावी गरे । उनले भने, ‘केही विषयमा अझै छलफल आवश्यक छ ।’
एमाले नेता भीम रावलले पनि एमाओवादीसँगको छलफलमा सकारात्मक रहेको बताए । उनले धेरै विषयमा दुबै दल सहमतिको नजिक पुगेको उल्लेख गरे ।
नागरिकता, मतदाता नामावली र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी अध्यादेशमा दलहरुका बीच विवाद रहेको छ ।
छलफलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एमाले अध्यक्ष झलनाथ खनाल, केपी ओली, भीम रावललगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया