खुल्ला नक आउट भलिबल प्रतियोगिता हुने

Chitwam-Gameचितवन, २५ फागुन । चितवनको पटिहानी–३, पदमपोखरीमा रहेको पदमोदय युवा क्लवले माहाशिरात्रीका अवसरमा जिल्ला स्तरीय खुल्ला नक आउट भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
नारायणगढमा आज पत्रकार सम्मेलन गरेर क्लवले ‘स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो । शनिबारबाट सुरु हुने प्रतियोगितामा जिल्लाका उत्कृष्ट १६ टिमको सहभागिता रहने क्लवका अध्यक्ष रामहरि सेढाईले जानकारी दिए ।
क्लब परिसरमै रहेको खेल मैदानमा प्रतियोगिता हुने छ । बिजेताले नगद बीस हजार र उपविजेताले नगद १३ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने सचिव कुशल पौडेलले बताए । उत्कृष्ट खेलाडी र अनुशासित टिमलाई पनि आर्कषक पुरस्कार प्रदान गरिने छ ।
करिव २ लाख खर्च हुने प्रतियोगितालाई सफल बनाउन बिभिन्न १५ वटा उपसमिति गठन गरिएका छन् । विगत ३ दशक देखि सोही स्थानमा शिवरात्रीका अवसरमा भलिबल प्रतियोगिता हुँदै आएको छ ।

प्रतिक्रिया