शान्ति सेना अपहृत

दमास्कस : सिरियामा तैनाथ राष्ट्रसंघका २१ शान्ति सैनिक बुधबार अपहृत भएका छन् । उनीहरूलाई सिरियाली विद्रोहीले अपहरण गरेका हुन् । यसको पुष्टि विद्रोहीले गरिसकेका छन् । अपहरणमा परेका सैनिक फिलिपिन्सका रहेको बताइएको छ । फिलिपिन्सका तर्फबाट करिब तीन सय सैनिकले सिरियामा राष्ट्रसंघीय शान्ति सेनाको भूमिका निर्वाह गरिरहेका छन् ।
राष्ट्रसंघ महासचिव बान कि मुनले अपहृत सैनिकलाई तुरुन्त रिहा गर्न माग गरेका छन् । सिरियाली विद्रोही र त्यहाँको सरकारलाई सम्बोधन गर्दै उनले आग्रह गरेका हुन् । रिहाइबारे विद्रोहीसँग वार्ता भइरहेको राष्ट्रसंघले जनाएको छ । विद्रोही समूहका प्रवक्ताले भने गोलन हाइट नामक क्षेत्रबाट सिरियाली सैनिक फिर्ता नभएसम्म शान्ति सैनिकलाई मुक्त नगरिने बताएका छन् । फिलिपिन्स सरकारले पनि अपहरणको निन्दा गर्दै आफ्ना सैनिकलाई तत्कालै रिहा गर्न माग गरेको छ । (एएफपी)

प्रतिक्रिया