एकै साथ तीन चलचित्र

Taruniकाठमाडौं : अचेल शुक्रबार एक मात्र चलचित्रको रिलिज भनेको कल्पनाभन्दा बाहिरको कुरा भइसकेको छ । अघिल्ला केही साता फ्राइडे रिलिजअन्तर्गत एक वा दुई चलचित्र सार्वजनिक प्रदर्शनमा आएका भए पनि यो साता अर्थात् आज शुक्रबार तीन चलचित्र – ‘बरदान’, ‘पल्टन’ र ‘रिदम’ रिलिज हुँदै छन् । यी तीनमध्ये ‘पल्टन’, ‘रिदम’ देशभरका स्टेसनमा एकैसाथ प्रदर्शनमा आउन लागेको हो भने ‘वरदान’ उपत्यका बाहिरबाट मात्र प्रदर्शनमा आउन लागेको छ । ‘वरदानका’ निर्देशक शोभित बस्नेत हुन् भने ‘रिदम’ का निर्देशक विकास आचार्य । ‘ पल्टन’ वासुदेव पोखरेलको निर्देशनमा तयार भएको चलचित्र हो ।
‘वरदान’ अभिनेत्री रेजिना उप्रेतीले निर्माण गरेको चलचित्र हो । पारिवारिक प्रेमकथामा आधारित यस चलचित्रमा राजेश र करिस्मा मानन्धरका साथमा रेजिना उप्रेती, मुकेश ढकाल, अर्जुन कार्कीलगायतको अभिनय रहेको छ । पत्रकार ध्रुव लम्सालको लेखन रहेको यसमा चलचित्रमा संगीत मनोहर सुनाम, द्वन्द्व राजेन्द्र खड्गी र नृत्य शिव विकको छ ।
‘पल्टन’ विक्रम शाहले निर्माण गरेको चलचित्र हो । चलचित्रमा राजेश हमाल, कुशल थापा, करण क्रेजी, दिनेश थापा, पुष्कर रेग्मी, दीपेन्द्र श्रेष्ठ, तृप्ति नाटकर, प्रतीक्षा गुरुङ, विजय देउजालगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा संगीत अशोक राईले दिएका छन्
त्यस्तै ‘रिदम’ प्रदीप दाहालले निर्माण गरेका हुन् । जीवन लुइँटेल, नीर शाह, विल्सनविक्रम राई, श्वेता भट्टराई, सोहित मानन्धर, निश्मा घिमिरे र बालकलाकार अनुभव रेग्मीको मुख्य अभिनय रहेको छ । चलचित्रमा राष्ट्रियता र प्रेमकथा विषयवस्तुका रूपमा छन् । (सौस)

प्रतिक्रिया