सूर्ती खान सिकाएको निहुँमा झडप

saptariराजविराज, २४ फागुन । सप्तरी जिल्लामा यूवाहरुलाई सुर्तीजन्य पदार्थ ‘पराग’ खान सिकाएको विषयमा स्थानीय यूवाहरुबीच भएको झडपमा दुई जना गम्भीर घाईते भएका छन् ।
घाईते हुनेमा राजविराज ४ का जमिल साहका १६ वर्षीय छोरा सलाउद्धिन साह र टसेजुल मियाँका १८ वर्षीय छोरा जाकिर अलि छन् । घाईतेको स्थानीय वोदेवरसाईन अस्पतालमा उपचार भईरहेको छ ।
विबादलाई लिएर सलाउद्धिनको परिवारका सदस्यहरुले जाकिरको घरमा पुगेर आक्रमण गरेपछि दोहोरो झडप भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया