दलित संघमा देउवा समूहको कब्जा

NC flag1झापा, २३ फागुन । कांग्रेस निकट नेपाल दलित संघको अध्यक्षमा मीन विश्वकर्मा निर्वाचित भएका छन् ।
कांग्रेस नेता शेरबहादर देउवा निकट मानिने विश्वकर्माले प्रतिद्वन्द्वी संस्थापन समूहका खड्कबहादुर बस्याललाई हराएका हुन् । झापाको विर्तामोडमा आज सम्पन्न महाधिवेशनले विश्वकर्माको नेतृत्वमा ६० सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
६० सदस्सीय कार्यसमितिमा २९ जना देउवा पक्षका र ३१ जना संस्थापनका निर्वाचित भएका छन् ।

प्रतिक्रिया