‘विपक्षी दललाई महत्वपूर्ण मन्त्रालय दिन्छौं’

devendra poudelकाठमाडौं, २३ फागुन । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले प्रधान्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन नगरे बाबुराम भट्टराईकै नेतृत्वमा निर्वाचन गराउन प्रस्ताव गरेका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा पौडेलले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन हुन नसके अहिलेकै सरकारमा कांग्रेस–एमालेलाई आकर्षक मन्त्रालय दिन सकिने जनाए । उनले भने, ‘निर्वाचनमा जाने भए कांग्रेस–एमालेलाई गृह, अर्थ, रक्षा र सामान्य प्रशासन जस्ता महत्वपूर्ण मन्त्रालय दिन सकिन्छ ।’
एमाओवादीका नेता समेत रहेका सल्लाहाकार पौडेलले दलका नेताहरुमा बाँदरे प्रबृत्ति हावी रहेको आरोप लगाए । उनले भने, ‘जे प्रस्तावमा पनि सहमति गर्नु भन्दा विरोध गरेर बाँदरे प्रबृत्ति देखाउने कार्य धेरै हुने गर्छ ।’

प्रतिक्रिया