राजविराजमा नेपाल बन्दको प्रतिकार

bandaराजविराज, २३ फागुन । वजार बन्द गराउँदै हिडेका संयूक्त क्रान्तिकारी मोर्चाका कार्यकर्ता र नीयवासीवीच बुधवार राजविराजमा झडप भएको छ ।
झडपका क्रममा दुई आन्दोलनकारी सामान्य घाईते भएका छन् । बन्दको प्रतिकार गर्ने क्रममा २ बन्दकर्तालाई हातपात गरेपछि तनाव उत्पन्न भएको हो ।
नेकपा–माओवादीसहित साना वामपन्थी दलहरुले आह्वान गरेको बन्द सफल बनाउन हिँडेका कार्यकर्ताले जवर्जस्ती पसल बन्द गर्न दवाव दिएपछि आफूहरु प्रतिकारमा उत्रिएको स्थानीयको भनाई छ ।
बन्दलाई सहयोग गर्न आग्रह गर्ने क्रममा आफूहरु माथि एक्कासि आक्रमण भएको दाबी गरेका छन् ।
झडप पछि स्थानीय व्यापारीले बन्दको विरोधमा नाराजुलुसहित नगर परिक्रमा समेत गरेका छन् । (फाईल तस्विर)

प्रतिक्रिया