बन्दका कारण जनजीवन प्रभावित

Bandaकाठमाडौं, २३ फागुन । प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउने प्रमुख चार राजनीतिक शक्तिको निर्णय विरुद्ध नेकपा–माओवादीसहित साना वामपन्थी दलहरुले आज (बुधबार) आह्वान गरेको नेपाल बन्दले मुलुक भरिको जनजीवन प्रभावित भएको छ ।
बन्द सफल बनाउन विहानै देखि नेकपा–माओवादी र साना वामपन्थी दलका कार्यकर्ता सडकमा उत्रिएका छन् । सडकमा विहानै देखि सवारी आवगमन ठप्प छ । बन्दका उल्लेख्य प्रभाव परेको प्रहरीले जनाएको छ ।
उनीहरुले सवारी आवागमसहित उद्योग, कलकारखाना, बजार, शिक्षणसंस्थालगायतलाई अबरोध पुराएका छन् ।
बन्दकै कारण परीक्षाको तयारीमा रहेका लाखौं विद्यार्थी धेरै प्रभावित भएका छन् ।
बन्दलाई ध्यानमा राखेर प्रहरी प्रशासनले सडकमा उल्लेख्य सुरक्षाकर्मी परिचालन गरेको छ ।

उता, बन्दको प्रभाव सप्तरी जिल्लामा पनि परेको छ । बन्दकका कारण जिल्ला यातायात, पसल, अधिकांस विद्यालय र कलकारखाना ठप्प छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार पूर्वपश्चिम राजमार्गमा लामो दुरीका सवारी साधन फाट्टफुट्ट मात्रै देखिएका छन् ।

त्यसै, गरेर चरिकोटमा पनि नेपाल बन्दका कारण आज विहानैदेखि जिल्लाभरिको जनजीवन प्रभावित भएको छ । विहानै देखि बजार पसल बन्द रहेका छन् भने सवारी साधन पनि चलेका छैनन् ।
बन्दको प्रभाव रामेछाप, सिन्धुपाल्चोकलगायतमा परेको छ । अरनिको र बीपी राजमार्गमा यातायातका साधन चल्न सकेका छैनन् ।
बन्दले चरिकोटमा जारी मध्यमाञ्चल स्तरीय औद्योगिक प्रर्दशनीमा असर परेको छ । फागुन–२० गते देखि प्रथम मध्यमाञ्चल क्षेत्रीय औद्योगिक वस्तु, प्रविधि र कृषि उत्पादन प्रदर्शनी सुरु भएको थियो ।

प्रतिक्रिया