सिण्डिकेट निर्णय मान्दैनौं: यादव

Upendra yadavकाठमाडौं, २२ फागुन । संघीय लोकतान्त्रिक मोर्चाका संयोजक तथा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई राजनीतिक निकास दिने विषयमा प्रमुख चार दल र सरकारले वेवास्ता गरेको आरोप लगाएका छन् ।
काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले चार राजनीतिक शक्तिको सिन्डिकेटले गरेका निर्याण आफूहरुलाई मान्य नहुने बताए ।
‘न्यायपालिकाको प्रमुखलाई राजीनामा नगराई प्रधानमन्त्रीको उम्मेद्वार बनाउनु हुँदैन,’ उनले भने, ‘जनसंख्याको परिर्वतन अनुसार निर्वाचन क्षेत्र घोषण गरिनु पर्छ ।’
उनले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारको बर्खास्त अनिर्वाय रहेको दोहराए । आफूहरुका मागप्रति ध्यान नदिएकै कारण आन्दोलनमा उत्रिनु परेको अध्यक्ष यादवको भनाई छ ।

प्रतिक्रिया