केन्यामा राष्ट्रपति निर्वाचन

नैरोबी : केन्यामा नयाँ राष्ट्रपति चयन गर्न सोमबार बिहानदेखि मतदान सुरु भएको छ । उज्यालो भएदेखि नै पालो कुरेर बसेका केन्याली नागरिकले स्थानीय समयअनुसार बिहान करिब साढे छ बजेदेखि मतदान गर्न थालेका थिए ।
राजधानी केन्याबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार मतदानमा करिब एक करोड ४३ लाख नागरिक सहभागी हुन पाउने छन् । सोही आम निर्वाचनबाट उनीहरुले ४७ जना सिनेटर र ४७ जना गभर्नरको पनि चयन गर्नेछन् । मतदान सोमबारै सकिने छ ।
मतदानका लागि ३३ हजार निर्वाचन केन्द्रको स्थापना गरिएको छ । देशभरलाई पुग्नेगरी बनाइएका ती मतदान केन्द्रमा बिहानैदेखि नागरिक लाम लागेर बसिरहेका थिए । आगामी पााच वर्षे कार्यकालका लागि आठजना उमेदवारले प्रतिश्पर्धा गरिरहेका छन् । आठमध्ये बढी प्रतिश्पर्धामा रहेका दुई जनामा कोलिसन फर रिफर्म एण्ड डेमोक्रेसीका तर्फबाट उमेदवार बनेका राइला ओडिन्गा र जुबिली अलायन्सका तर्फबाट उमेदवार बनेका उरु केनिका छन् । (एजेन्सी)

प्रतिक्रिया