राजीनामा दिनुका ६ कारण

Bhagwan-Koiralaत्रिवि शिक्षण अस्पतालको जिम्मेवारी सम्हालेको एक सय ८ दिनपछि मैले कार्यकारी निर्देशकको पदबाट राजीनामा दिने निर्णय गरेँ । म चुपचाप छेउ लागेर बस्न चाहन्थेँ तर हजारौँ व्यक्तिले यसलाई गम्भीरतापूर्वक लिएको र मेरो निर्णयको कारण जान्न चाहेको थाहा पाएँ ।

सर्वप्रथम, इन्स्टिच्युट अफ मेडिसिनका डिन र मेरो नियुक्ति संकटकालीन समयमा भएको थियो । यस्तै, डिन र त्रिविका अधिकारीहरूले मलाई टिचिङ हस्पिटलको उद्दार गर्न आग्रह गरेका थिए । मैले हिच्किचाहटपूर्वक स्वीकार गरेको थिएँ किनकि त्यतिबेला अस्पतालको घाटा ६६ करोड थियो र धेरै आपूर्तिकर्ता एवं पार्टीहरूलाई रकम तिरिएको थिएन । अस्पतालका कर्मचारीले थुप्रै महिनादेखि तलब खान पाएका थिएनन् । यसका अतिरिक्त, अस्पतालले करसमेत तिरेको थिएन, जबकि कर्मचारीबाट करबापतको रकम कटौती गरिएको थियो । सञ्चय कोष र नागरिक लगानी कोषको अवस्था पनि त्यस्तै थियो ।
त्यसैले हामीले टिचिङ हस्पिटललाई टाट पल्टिनबाट जोगाउन केही कठिन निर्णय लिनुपर्ने थियो । म टिचिङ हस्पिटलमा मेरो पदावधिका अनुभूतिहरू बाँड्न चाहन्छु । यो अवधिमा अस्पतालमा भएका थुप्रै सकारात्मक परिवर्तनमध्ये केही यस्ता छन् ।
१. अस्पतालमा बेड हुँदाहँुदै हाम्रो इमरजेन्सीबाट बिरामीलाई जानाजान बाहिर क्लिनिकमा रिफर गर्ने कार्यलाई हामीले सक्रियतापूर्वक रोक्यौँ । यसबाट हाम्रो नैतिक अभ्यास बलियो हुनुका साथै अस्पतालको आम्दानीसमेत बढ्न गयो ।
२. आर्थिक अनियमिततामा संलग्न भएकाहरू र अनुशासन तोड्नेहरूमाथि कानुनी कारबाही गर्‍यौँ ।
३. हामीले अस्पतालमा विद्युतीय हाजिरी तथा सबै काम गर्ने स्थानमा समयको अनुगमन (पहिलेको प्रशासनले नै यसको तयारी गरेको थियो) लागू गर्‍यौँ ।
४. अस्पतालको आम्दानीमा उल्लेख्य बढोत्तरी भयो र कर्मचारीलाई समयमा तलब खुवाउन सम्भव भयो ।
५. डिनको कार्यालयको सहयोगमा हामीले पहिलेका सबै उधारो र करका साथै नागरिक लगानी कोषलगायतलाई तिरोतारो गर्‍यौँ । यसले हाम्रा कर्मचारी ‘वैधानिक’ बनाएको छ ।
६. जनसम्पर्क आवश्यक हुने सबै सेवाका क्षेत्रमा ‘लन्च ब्रेक’ खारेज गर्‍यौँ ।
७. ‘अन्डरटाइम’ कामका लागि पनि ‘ओभरटाइम’ दिने, नियमित कामका लागि अतिरिक्त भत्ता दिनेजस्ता प्रणाली हटाएर वार्षिक ७० लाख रुपियाँ जोगिने अवस्था बनायौँ ।
८. अप्रेसन कक्ष र वार्डहरूमा हुने गरेको खर्च २० प्रतिशतले कम भएको थियो । यसका लागि कार्यभार बढाइए पनि नियमनलाई कडाइ गरिँदै शल्यक्रियाका लागि आवश्यक सामग्रीको अभिलेख राखिएको थियो ।
९. सेवा विस्तारका लागि हामीले सहजीकरण गर्‍यौँ (यसमा नयाँ भवन निर्माणको श्रेय पूर्वनिर्देशकहरूलाई जान्छ) शल्यक्रिया र छाला ओपिडीलाई सुविधासम्पन्न नयाँ भवनमा सारियो । औषधि शाखाका लागि नयाँ वार्डको व्यवस्था पनि गर्‍यौँ । अतिरिक्त अप्रेसन कक्षको पनि व्यवस्था गरियो भने अतिरिक्त ट्रमा अप्रेसन कक्ष लन्च हुन तयारी अवस्थामा छ । इएनटी सेवालाई पहिले निर्माण गरिएको भवनमा सारिएको छ, यद्यपि ती भवन प्रयोगमा ल्याइएको थिएन (यसको सम्पूर्ण तयारी यसअघिका निर्देशकले गरिसकेका थिए ।)
१०. फार्मेसी सेवालाई चौबिसै घन्टा व्यवस्था गरियो ।
११. व्यवस्थापनमा देखिएका प्राय: सबै प्रक्रियागत समस्या समाधान गरियो । यसमा कसैले घुसखोरीको एउटा पनि समस्या औँल्याउने स्थिति छैन ।
१२. तल्लोस्तरका कर्मचारीले अस्पताललाई सफा राख्न निकै मिहिनेत गरे । सवारीसाधन पार्किङलाई व्यवस्थित गरियो । अस्पतालको सुरक्षा व्यवस्थालाई थप सशक्त बनाएर अस्पताललाई अस्पतालजस्तो बनाउने काम भयो ।
१३.व्यक्तिगत तथा निजी फार्मले उल्लेख्य मात्रामा औषधि र शल्यक्रियाका लागि आवश्यक उपकरण अनुदान दिए । सय दिनमा भएको यस अनुदानको मूल्य करिब एक करोडभन्दा बढी रह्यो ।
सामना गरेका समस्याहरू
१. सबै विभागीय प्रमुखले कार्यप्रणालीमा सहयोग गरेनन् । शिक्षक संघ र युनियनहरूले नियमनलाई कडाइ गरिएको विषयमा असहमति जनाइरहे । यसबीचमा उनीहरूले डिन र अन्य प्रशासनलाई बद्नाम गराउन हल्ला पनि पिँmजाए र अनावश्यक दबाब दिइरहे । केही ‘नेताहरू’ र ‘क्लिन’ प्रोफेसरहरूले बिरामीलाई अस्पतालबाहिर रिफर गरिएको भनेर पुष्टि गर्न उद्यत हँुदा यसले निकै पीडा दियो ।
२. विगतको आर्थिक जिम्मेवारीमा केही समस्या थिए जसमा मैले चेकमा सजिलै हस्ताक्षर गरिनँ । मैले आºनो काम सुरु नहँुदै त्यस सम्बन्धमा विशेष लेखा परीक्षण गर्न आग्रह गरेको थिएँ जुन गरिएन ।
३. आर्थिक र प्रशासनिक विषयमा निर्णय गर्ने अधिकार जहिले पनि त्रिविको केन्द्रीय कार्यालयमा सीमित गरियो जुन सामान्य सरकारी नियम र नियमनविरुद्ध थियो । दैनिक व्यवस्थापनका दर्जनाँै फाइल त्रिविको केन्द्रीय कार्यालयमा हप्ताँैदेखि थन्किएर बसेका छन् । पारित हुनै पाउँदैनन् । यसको अर्थ मलाई जहिले पनि अपारदर्शी लाग्यो (केही विषयमा स्पष्ट देखिएको पनि छ ।)
४. त्रिविले स्थायी कर्मचारीको तलबका लागि दिने भनेको फन्ड दिएको छैन, यसमा उसले सरकारले नै निकासा नगरेको बताउदै आयो । म भन्न सक्छु, तलबका लागि सर्वसाधारणबाट उठाएर दिन असम्भव छ । किनभने सो रकमले अन्य सामग्री पनि किन्नुपर्ने हुन्छ ।
५. अस्पतालले आर्थिक स्रोत वृद्धि गर्न भर्खरै सुरु गरेको थियो जुन तलब खुवाउन र केही खर्चका लागि पर्याप्त हुन्थ्यो । पुरानो ऋण चुक्ता गर्न हामी कसरी पैसा जम्मा गर्न सक्छौँ ? मैले यो कुरा यहाँ आउनुअघि सम्बन्धित प्रशासन र सरकारसँग राखेको थिएँ । मलाई सहयोग गर्ने वचन पनि दिइएको थियो तर कार्यान्वयन भएन । ऋण नै नतिरी सामग्री आयात गर्न लगाउनु भनेको मलाई अन्यायपूर्ण लाग्यो ।
६. म दुईवटा पूर्णकालीन जागिर गरिरहेको छु (ट्याक्स तिर्नुपर्ने) । एउटा ब्यस्त कार्डिक सर्जिकल प्रोग्राम र एउटा पूर्णकालीन प्रशासनिक जागिर । राजीनामा दिनुपर्नेमा यो पनि ठूलो कारण रह्यो । म मनमोहन कार्डिओथोरासिक भस्कुलर एवं ट्रान्सप्लान्ट सेन्टरमा कार्डिओथोरासिक एवं भस्कुलर सर्जरीलाई निरन्तरता दिनेछु ।

प्रतिक्रिया