नेपाली सेनाका कर्णेल कुमार लामा धरौटीमा रिहाइ हुनुलाई कसरी लिनुभएको छ ?

युद्ध अपराधको अभियोगमा दुई महिनादेखि बेलायती जेलमा रहेका नेपाली सेनाका कर्णेल कुमार लामा धरौटीमा रिहा हुने भएका छन् । वास्तवमा यससम्बन्धमा हाम्रै देशको कानुन अनुरूप कानुनी कारबाही हुनुपर्ने थियो । अदालतले उनलाई धरौटीमा रिहाइ गरेको हो, न कि पूर्णरूपमा सफाइ दिएको हो । थुनामा नराखेर पनि यस मुद्दाका सम्बन्धमा अनुसन्धान गर्न सकिने भनेर अस्थायी तबरबाट रिहाइ गरिएको हो । त्यसमा पनि बेलायतबाहिर जान नपाइने र अदालतले बोलाएको बेला उपलब्ध हुनेगरी लामालाई छाडिएको छ ।
हुन त कर्णेल लामाका बारेमा नेपाली सेनाको आफ्नै दृष्टिकोण होला । माओवादीको आफ्नै दृष्टिकोण हुन सक्छ । त्यस्तै कांग्रेस, एमालेलगायत अन्य राजनीतिक दलहरूको पनि भिन्न दृष्टिकोण हुन सक्छ । जे भए पनि दोस्रो जनआन्दोलनताका राजनीतिक दलहरू, एमाओवादी त्यसपछि सरकारसँग भएका सहमति र सम्झौतालाई पनि दृष्टिगत गर्नुपर्ने हुन्छ । माओवादी जनयुद्ध चलिरहेका बेलाको घटना भएकाले यसलाई पनि त्यही अनुरूप निरूपण गरिनुपर्छ । द्वन्द्वताकाका घटनाका सम्बन्धमा बृहत् शान्ति सम्झौता, अन्तरिम संविधानलगायत राजनीतिक दलहरूबीच विभिन्न समयमा भएका सहमति र सम्झौताहरू भएका छन् । त्यसैले द्वन्द्वका बेलाका घटनाहरूलाई सोही अनुरूप किनारा लगाइनु अपयुक्त हुन्छ । त्यसैले कर्णेल लामाको रिहाइले नेपालमा दण्डहीनताले प्रश्रय पाउँछ भन्न सुहाउँदैन ।

प्रतिक्रिया