खैरो हेरोइनसहित एक पक्राउ

विराटनगर : ५० ग्राम खैरो हेरोइनसहित एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय रानीको टोलीले पक्राउ गरेको छ । विराटनगर–१९ स्थित भट्टीमोडका ३२ वर्षीय प्यारेलाल चौधरीलाई आइतबार रानी प्रहरीले विशेष सुराकीका आधारमा पक्राउ गरेको हो ।
भारतीय बजार जोगबनीबाट विराटनगर आउने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरी निरीक्षक भगीरथ रेग्मीले भारत विहारको पटनाबाट उक्त हिरोइन १२ हजारमा खरिद गरी विराटनगरमा बिक्री गर्न ल्याउँदै गरेको थाहा भएपछि उनलाई पक्राउ गरिएको जानकारी दिए । (सौस)

प्रतिक्रिया