गच्छदारलाई २ करोड टक्र्याउने योजना

kuber-shing-ranaकाठमाडौं, २० फागुन । नेपाल प्रहरीमा अवकाशको आधार उमेर हदलाई बनाउन दुई करोड रुपियाँ खर्च गर्न लागिएको खुलासा भएको छ । यस खेलमा आइजिपी कुवेरसिंह राना तथा एआइजीद्वय नवराज ढकाल र भिष्म प्रसाई लागि परेको स्रोतको दाबी छ ।

प्रहरीमा अवकाशको आधार सेवाअवधि नभई उमेर हदलाई बनाउँदा नियमावली नै परिवर्तन गर्नुपर्छ । त्यसैका लागि दुई करोड रुपियाँ खर्च गर्न लागिएको स्रोतले बतायो । उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले पार्टीलाई सहयोग हुने भए नियमावली परिवर्तन राजी भएपछि आइजिपी र एआइजीहरू पैसा जुटाउन लागेका हुन् । गृहमन्त्रीको दबाबका बाबजुद पनि विवादमा मुछिने डरले गृहसचिव नविनकुमार घिमिरे भने यस खेलमा सामेल नभएको स्रोतको दाबी छ ।
खर्चवापत लाग्ने सम्पूर्ण रकम भने राजधानीमा सञ्चालित क्यासिनोबाट उठाउने भनिएको छ । राजधानीमा अहिले नेपाल क्यासिनो, क्यासिनो र्‍याड, क्यासिनो भेनस, रोयल क्यासिनो, क्यासिनो

अन्ना, क्यासिनो एभरेस्ट, क्यासिनो सांग्रिला र क्यासिनो तारा सञ्चालनमा छन् । स्रोतले भन्यो, ‘राजधानीमा सञ्चालित प्रत्येक क्यासिनोबाट २५–२५ लाख रुपियाँ उठाउने कमिटमेन्ट नै गरिएको छ ।’
पैसा उठाउने जिम्मा भने महानगरीय प्रहरी आयुक्त कार्यालयका आयुक्तसमेत रहेका एआइजी ढकाल आपैँmले लिएका छन् । स्रोतका अनुसार यस कार्यका लागि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रणबहादुर चन्दलाई प्रयोग गरिएको छ । एसएसपी चन्दलाई काठमाडौंका प्रमुख बनाइनुको रहस्यसमेत यही रहेको स्रोतको दाबी छ ।
स्रोतले भन्यो, ‘नियमावली परिवर्तन गर्न ठूलो रकम खर्चनु पर्ने देखियो । खल्तीबाट झिक्दा सोचे जस्तो हुने या नहुने पक्का भएन । क्यासिनोबाट उठाएपछि कसैलाई घाटा नहुने भयो । यही काम सजिलो होस भन्ने उद्देश्यले एसएसपी चन्दलाई काठमाडौंमा लगिएको हो ।’
काठमाडौंका तत्कालीन प्रमुख एसएसपी जयबहादुर चन्द डिआइजीमा बढुवा भएलगत्तै काठमाडौं प्रमुख बन्ने दौडमा योगेश्वर रोङ्खामी मगर, राजेन्द्र श्रेष्ठलगायतका एसएसपीहरू थिए । तर, खर्चको जोहो गर्न सक्ने उपयुक्त पात्र एसएसपी चन्द नै ठहरिएपछि आइजिपी रानासहित मातहतका एआइजीहरू चन्दका पक्षमा सहमत भएको स्रोतले बतायो । स्रोतले भन्यो, ‘विवादित व्यक्तिलाई प्रमुख बनाइनुको रहस्य यही हो ।’
एसएसपी चन्द सञ्चार उद्यमी जमिम शाहको हत्यामा संलग्न अभियुक्तलाई भगाएको विषयको विवादमा मुछिएका थिए । उनी त्यसबेला महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख थिए । स्रोतका अनुसार आइजिपी र एआइजीहरूको यही योजना अनुसार राजधानीका क्यासिनोमा छापा नमारिएको हो । स्रोतले भन्यो, ‘प्रहरी र क्यासिनो मालिकबीच केही महिना छापा नमार्न प्रतिबद्धता नै भएको छ । त्यही भएर प्रहरीले राजधानीमा सञ्चालित क्यासिनोमा छापा मारेको छैन ।’
नियमावली परिवर्तन भए आइजिपीको अवकाश हुने उमेर हद ५८ वर्षको हुनेछ भने सेवा अवधि ३२ वर्ष कायम गरिनेछ । कार्यकाल भने तीन वर्षको हुनेछ । एआइजीहरूको उमेर हद ५७ वर्षलाई मानिने छ । कार्यावधि भने ४ वर्षको हुनेछ । डिआइजीहरूको उमेर हद ५६ वर्षलाई आधार मानिनेछ । सेवा अवधि ६ वर्षको हुनेछ । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयबाट यो प्रस्ताव गृहमन्त्रालयमा पुगिसकेको छ । पिसिसी(पोलिसी कोअर्डिनेसन कमिटी)लाई समेत छलेर आइजिपी, एआइजीको ‘इन्ट्रेस्ट’ मा उक्त प्रस्ताव गृहमा लागिएको थाहा पाएपछि सिनियर तहका डिआइजी र आइजिपीबीच गत बुधबार भनाभन नै चलेको थियो ।
उक्त प्रस्ताव अनुसार नियमावली परिवर्तन भए वहालवाला आइजिपी रानाको अवकाश पछि उनैका ब्याजी ढकाल र प्रसार्इंमध्ये एक जना आइजिपी हुन्छन् । वरिष्ठताका आधारमा आइजिपीको लाइनमा रहेका पार्वती थापामागर, विमला थापा शर्मा र उपेन्द्रकान्त अर्यालका सबै ब्याजी डिआइजीबाटै अनिवार्य अवकाश हुन्छन् ।

प्रतिक्रिया