नेपालको शानदार सुरुवात

काठमाडौं, १९ फागुन । एएफसी च्यालेन्ज कप छनौट चरणमा नेपालले शानदार सुरुवात गरेको छ ।

दशरथ रंगशालामा भएको पहिलो खेलमा मर्दन मारियाविरुद्ध नेपालले ६-० गोलले खेल आफ्नो पक्षमा पारेको छ । भरत खवासले ह्याट्रिक गरेका छन् । नेपालका तर्फबाट अन्तर्राष्ट्रिय खेलमा ह्याट्रिक गर्ने खवास चौथो खेलाडी हुन् । उनले खेलको ५, ४० र ७२ औं मिनेटमा गोल गरेका थिए । नेपालका तर्फबाट सन्तोष साहुखल, सन्दीप राई र राजु तामाङले एक एक गोल गरेका थिए । खेलअवधिभर नेपालले विपक्षीलाई निकै दवावमा पारेको थियो । नेपाले अर्को खेल सोमबार बंगलादेशसंग खेल्नेछ ।

प्रतिक्रिया