सहरको एक्लो मान्छे

Manoj-Ghimireझुस्स दाह्री, कानमा मुन्द्रा । बाहिरबाट हेर्दा उनी फल्मी हिरो जस्ता नलाग्न सक्छन् । गीतको छायांकन वा समयको पछिल्लो ग्राफको कुरो गर्दा म्युजिक भिडियो बनाउने क्रम सुरु नभएसम्म उनी सामान्य व्यक्ति थिए । र, अहिले सहरको हट केक † ५० दशकको अन्त्यतिर नेपालमा विद्युतीय सञ्चारमाध्यमको प्रभाव एकाएक बढ्यो साथमा म्युजिक भिडियोको पनि । त्यसै क्रममा म्युजिक भिडियोको स्टारको रूपमा राज घिमिरे उदाए । सैयांै म्युजिक भिडयोमा मोडलिङ गरेका राज आड्रियन प्रधानको गीत ‘मेरो खुसीको…’ मोडलिङ पछि एकाएक चर्चामा रहे ।

फिल्म निर्माता दीपेन्द्र के खनालको नजर राजमाथि पर्‍यो, म्युजिक भिडियो खेल्दाखेल्दै । एउटा समय थियो, उनी मोडलिङ र सञ्चार क्षेत्रमा उत्तिकै व्यस्त थिए । बीचमा उनी च्यानल नेपाल टेलिभिजन छाडेर बसेका थिए । त्यत्ति व्यस्त पनि थिएनन् ।
अपरझट तिनै मोडल राज दीपेन्द्र खनालको चलचित्र ‘चपली हाइट’को नायक बन्न पुगे । धेरैले यसलाई अश्लील ठाने । धेरै चर्चामा पनि रह्यो । तर, चलचित्र त्यस्तो थिएन । यौनकुण्ठामा बाँच्ने युवाहरूको मनोदसा चलचित्रमा राम्रोसँग देखाइयो । चलचित्र सत्य घटनामा आधारित भएको दाबी प्रोडक्स पक्षको रह्यो । ठ्याक्कै त्यस्तो होला या नहोला । तर, थुप्रै यौनकुण्ठामा रहनेहरूको अवस्था यो चलचित्रका पात्रको जस्तै हो ।
‘एक दिन म पाटन अस्पतालको बाटो हिँड्दै थिएँ । हो, त्यसबेला राज सहरको एक्लो मान्छे थिए । अगाडिको पोस्टरमा निखिल उप्रेती थिए,’ उनी सम्झछन्, ‘एकाएक मेरो मनमा यस्तो आयो–मेरो पनि सरहका भित्तामा यस्तै पोस्टर टाँस्सिए †’ कल्पनाशील राजका लागि त्यो कल्पना नै चलचित्र दुनियाँमा प्रवेशको पहिलो खुड्कीलो मानियो ।
गोदावरीमा उनको घर छ । गोदावरी नजिकै छ ‘मनोक्रान्ति म्याट्रिक्स’ । उनले जीवनको यो सिद्धान्त त्यसै म्याट्रिक्सबाट पाए या अन्यत्र कतैबाट हो थाहा छैन । तर, म्याट्रिक्समै डा. योगी विकासानन्दले धेरैलाई बुझाउने एउटै सत्य राज सधैँ अंगीकार गर्छन् । ‘संसारको सबैभन्दा ठूला शक्ति आफँैभित्र छ । राम्रो कुराको कल्पना गरे सबै कुरा त्यसैअनुसार चल्छ ।’ उनले बुझेको यो दार्शनिक पक्षकै कारण उनी दाबी गर्छन् कि ‘म नायक भएको कल्पनामा रुमल्लिन थालेकै कारण मेरा सफलताका बाटा खुलेका हुन् ।’
लामो समयपछि उनी त्यसैबाटो हिंडेका थिए । त्यसै ठाउँमा चपली हाइटको पोस्टर टाँसिएको थियो । उनी झङ्ग भए । उनको पहिलो फिल्म । कस्तो रहने हो ? उनी अन्यौलमा रहे । त्यस दिन फील्म चल्ने दिन थियो । डेढ बर्षअघिको त्यो दिन उनी अझै सम्झन्छन् । संयोग नै मान्नु पर्छ कि फिल्म अत्यन्त सफल भयो । व्यापारिक रूपले पनि । उनी आफू पनि फिल्ममा राम्रोसँग ‘ आर्ट पर्फम ’ गर्न पाएकोमा दंग थिए । अनि त्यत्तिकै खुसी भए, पहिलो चलचित्र सफल भएकोमा । उनको पहिलो म्युजिक भिडियो सफल भयो । पहिलो चलचित्र सफल भयो । उनको पहिलो ‘थ्री डी ’ चलचित्र ‘भिजलान्ते’ पनि सफल हुनेमा उनी विश्वस्त छन् ।
दीपेन्द्र खनाल उनीबाट प्रभावित छन् नै । उनी पनि दीपेन्द्रबाट उस्तै प्रभावित । ‘साँच्चै राम्रो निर्देशक । सबै कुरा अध्ययन गरेर मात्र फिल्ममा लागेको मान्छे,’ दीपेन्द्रको सफलताको कारण राजले बताए, ‘भिजलान्ते छिट्टै दिन रिलिज हुँदै छ । क्राइम थ्रीलर भएको यो फिल्म दीपेन्द्रको नयाँ प्रयोग हो । चपली हाइट जस्तो फिल्म बनाएका दीपेन्द्रले यो फिल्म फरक ढंगले प्रस्तुत गरेका छन् । ‘नयाँ प्रयोग गरेका छाँै । हामी सबैले उत्तिकै मिहेनत गरेका छाँै । यसकारण यो चलचित्र पनि बजारमा सफल हुनेछ भन्ने मलाई विश्वास छ,’ राजले ‘भिजलान्ते’ बारे भने ।

प्रतिक्रिया