संविधानबाहिर गएर निर्णय गर्दिन : राष्ट्रपति

yadavकाठमाडौं, १८ फागुन । राष्ट्रपति डा. रामवरण यादवले संविधान बाहिर गएर आफुले कुनै पनि निर्णय नगर्ने बताएका छन् ।
नेपाल बार एशोसिएशनसंगको भेटमा राष्ट्रपति यादवले लोकतान्त्रिक पद्धति, संविधान र शक्तिपृथकीकरण विरुद्ध आफुले कुनै पनि निर्णय नगर्ने बताएका हुन. । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन संविधान विपरीत हुने भन्दै असहमती जनाउँदै आएको बारले आज राष्ट्रपति यादवलाई भेटेर प्रधानन्यायाधीश नेतृत्वको सरकार स्वीकार नगर्न ध्यानाकर्षण गराएको थियो । राष्ट्रपतिले अन्तरीम संविधान विपरीत आफु नजाने स्पष्ट पारेको छलफलमा सहभागि बारका एक पदाधिकारीले जानकारी दिए ।
प्रमुख दलका शीर्ष नेताहरु प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठन गर्नेमा एकमत छन् ।

प्रतिक्रिया