गाडीको ठक्करबाट एक महिलाको मृत्यू

saptariराजविराज, १८ फागुन । पूर्वपश्चिम महेन्द्र राजमार्गको सप्तरीमा गाडीको ठक्करबाट घाईते भएकी एक महिलाको उपचारका क्रममा ज्यान गएको छ ।
ठक्कर दिने सवारी साधन र मृतक महिला दुबैको पहिचान खुल्न सकेको छैन । सवारी साधनको ठक्करबाट घाईते भई सडकमा लडिरहेको अवस्थामा फेला परेकी अन्दाजी २२ वर्षीया महिलाको सिराहाको लहानस्थित अस्पतालमा लगिएको थियो ।
उनको उपचारकै क्रममा मृत्यू भएको ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी सहायक निरीक्षक दिवाकर कट्वालले जानकारी दिए ।
प्रहरीले भारदह, कन्चनपुर र रुपनीमा सवारी साधन रोकी चेकजाँच गरेपनि ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया