सरकारले वैदेशिक रोजगारीमा जानु पूर्व अनिवार्य अभिमुखीकरण तालिमको व्यवस्थासमेत गरेको छ । तर, वैदेशिक रोजगारीमा रहेका युवाको दैनिकजसो मृत्यु हुनेगरेको र विगत केही वर्षयता यो संख्या निक्कै बढेको छ । यसको न्यूनीकरणका लागि सरकारले किन प्रभावकारी अभियान सुरु नगरेको हो ?

पहिलो कुरा वैदेशिक रोजगारीमा जानु पूर्व अहिले अनिवार्य अभिमुखीकरणको व्यवस्था सरकारले गरेको छ तर त्यसमा कामदारले कार्यस्थलमा ध्यान दिनुपर्ने न्यूनतम कुरा र सम्बन्धित मुलुकको ऐन कानुन, ट्राफिक नियम र हावापानीका विषयमा जानकारी दिने गरिन्छ । यसले मात्र विदेशमा कामदारको अस्वाभाविक हुने मृत्युलाई रोक्न सक्दैन । फेरि मृत्यु के कारणले हुन्छ भन्ने पनि यकिन जानकारी हुँदैन । यस्तो कुरामा कामदार आफँै बढी सतर्क हुनुपर्ने हुन्छ भने रोजगारीमा पठाउने म्यानपावर कम्पनीले पनि न्यूनतम जानकारी दिनुपर्छ । यद्यपि अहिले सरकारले अभिमुखीकरण तालिम दिने संस्थाको प्रभावकारिताका विषयमा अनुगमन गर्ने र अपर्याप्त कुराहरू थप गर्ने काम गरिरहेको छ । विगतमा यस्तो व्यवस्था थिएन । फेरि अहिले विगतको तुलनामा विदेश जानेको संख्या पनि बढी छ । यसले गर्दा तुलनात्मक रूपमा मर्नेको संख्या बढेघटेको कुरा यकिन हुँदैन ।

प्रतिक्रिया