काठमाडौं, १७ फागनु । दुई दिनदेखि देशभरका गाविस सचिव तथा कर्मचारीहरु कार्यालय बन्द गरेर आन्दोलनमा उत्रिएपछि सेवाग्राहीहरु नराम्ररी प्रभावित भएका छन् ।
स्थानिय निकायको निर्वाचनको माग गर्दै देशभरका गाविस सचिवहरुले बुधबार देखि कार्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । गाविस सचिव हकहित संरक्षण केन्द्र र गाविस सचिव कर्मचारी संघले आव्हान गरेको अनिश्चितकालिन आन्दोलनका कारण गाविसबाट पाउने सुविधाहरु नागरिकता सिफारिश, विवाह दर्ता, जन्मदर्ता, नामसारी लगायतका काम लिन आउने सेवाग्राही समस्यामा परेका छन् ।
आन्दोलनरत सचिव तथा कर्मचारीहरुले जेठमा हुने संविधान सभाको निर्वाचन संगसंगै स्थानिय निकायको निर्वाचनको माग गरेका छन् । लामो समयसम्म स्थानिय निकायको निर्वाचन नहुँदा विकास निर्माण लगायत विभिन्न शिर्षकमा पठाईने बजेटमा ठुलो मात्रामा भ्रष्ट्राचार हुँदै आएको छ ।
यता सरकारले भने आन्दोलनरत पक्षधरको माग सम्बोधन गर्दै उनीहरुलाई काममा फर्काउनतर्फ कुनै चासो देखाएको छैन ।
प्रतिक्रिया