हातहतियार चार जना युवक पक्राउ

rukumरुकुम, १७ फागुन । रुकुम जिल्लामा हतियार देखाएर चन्द उठाउँदै गरेका चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
रुकुमकोट–१, धाउत्रे बजारमा धाकधम्की दिएर आज दिउँसो चन्दा उठाइरहेको खवर पाउना साथ पुगेको ईलाका प्रहरी कार्यालय रुकुमकोटको टोलीले चार जना युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हुकाम–७ का १८ वर्षीय किस्मत बुढा मगर, २० वर्षीय नवीन घर्ती र माइकोट–३ का २२ वर्षीय लक्षीण पुन रहेका छन् ।
उनीहरुमध्ये किस्मत बुढाको साथबाट मेड इन युएसए अटोमेटिक ११११ नम्बर लेखिएको पेस्तोल १ थान, गोली ५ राउण्ड, म्याग्जीन १ थान र नगद २ हजार २ सय रुपियाँ फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया