सचिवको आन्दोलनले सेवाग्राहीलाई सास्ती

sarkar logoकाठमाडौं, १७ फागुन । गाविस सचिवहरुको आन्दोलनका कारण दोस्रो दिन पनि मुलुक भरिका सेवाग्राहीले चरम सास्ती बेहोर्नु परेको छ ।
नागरिकता, विवाह दर्ता, जन्मदर्ता, नामसारीलगायतका सिफारिस लिन नपाउँदा सेवाग्राहीले दुई दिन देखि समस्या झेल्नु परेको हो । गाविसको कार्यालय पुगेका सेवाग्राही सचिवहरुले काम नगरिदिए पछि रित्तो हात फर्कनु परेको गुनासो गरेका छन् ।
सचिव स्थानीय निकायको निर्वाचन गर्नुपर्ने माग राखेर दुई दिन देखि गाउँ विकास समितिका सचिव तथा गाविसका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
सचिवहरुले माग पूरा नभएसम्म कामकाज ठप्प पार्ने चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया