काठमाडौं, १७ फागुन । एथलिट्स अफ नेपाल स्पोर्टस् युनिभर्सिटी (अन्सु) ले विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई बुधबार सम्मान गरेको छ ।
सम्मानित हुनेमा हङकङमा भएको १३ औं एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपका पदक विजेता सुनील लामा (स्वर्ण र रजत), पर्शुराम बास्तोला (रजत), मन्डेकाजी श्रेष्ठ (रजत र कांस्य), मुकुन्द महर्जन (रजत), विनोद महर्जन (दुई रजत), भीमबहादुर तामाङ (रजत र कांस्य), दिगम्बर पन्त (कांस्य), गणेशबहादुर थिङ (रजत र कांस्य), केदार सिम्खडा (कांस्य), अनु अधिकारी (दुई कांस्य), रोजी नगरकोटी (रजत र कांस्य), सपना लामा (रजत र कास्य), कल्पना बस्नेत (कांस्य), गंगादेवी अधिकारी (स्वर्ण र कांस्य), शुभद्रा श्रेष्ठ (कांस्य), सुमन लामा (कांस्य) तथा संगीता डंगोल
(कांस्य) छन् ।
सम्मानित हुनेमा मलेसियामा भएको तेस्रो एसियाली युनिभर्सिटी तेक्वान्दो च्याम्पियनसिपकी रजतधारी आयशा शाक्या तथा कांस्यधारी विशाल श्रेष्ठ पनि रहे ।
अमेरिकामा भएको नवौँ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण तेक्वान्दोमा स्वर्ण जितेकी मनीता शाही, ढाकामा भएको दोश्रो साबा बास्केटबल च्याम्पियनसिपमा तेश्रो भएको नेपाली टोलीका सदस्य सञ्जय ब्यञ्जन्कार र एनभीए कप भलिबलमा पहिलो भएको एपीएफ टोलीका सुनीलकुमार श्रेष्ठ पनि सम्मानित भए ।
राजविराजमा भएको लोकेन्द्र स्मृति राष्ट्रव्यापी जुडोका स्वर्ण विजेतात्रय सरोज महर्जन, दीपककृष्ण श्रेष्ठ र रमेश मगर तथा रजतधारी सुमन्त क्षत्री सम्मानित भए । चुनीखेलको गाम्चामा भएको राष्ट्रव्यापी बक्सिङका कांस्य विजेता सुदेश मानन्धर, हेटौंडामा भएको नेपाल सिरिज बक्सिङका स्वर्ण विजेता दिनेश श्रेष्ठलाई पनि सम्मान गरियो ।
तेक्वान्दो प्रशिक्षक दीपक विष्ट तथा जुडो प्रशिक्षक चन्द्र डंगोललाई पनि सम्मान गरिएको थियो । खेलाडीद्वय रमेश मगर र अरुण अधिकारीलाई उपचार खर्चबापत अन्सुले समान ५–५ हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको थियो । त्यस अवसरमा विश्वविद्यालय खेलकुद संघ नेपालले अन्सुलाई आबद्धताको प्रमाणपत्र प्रदान गर्यो ।
प्रतिक्रिया