आयोजक ज्ञानोदय च्याम्पियन

काठमाडौं : आयोजक ज्ञानोदय इन्टरनेसनल स्कुलले दोस्रो ज्ञानोदय अन्तरविद्यालय जुनियर फुटबलको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा ज्ञानोदयले एलआरआईलाई २–० ले हरायो । ज्ञानोदयलाई जित दिलाउने क्रममा क्रितेश व्यञ्जनकारले २७औँ र सौभाग्य शेरचनले ४३औँ मिनेटमा एक/एक गोल गरेका थिए । प्रतियोगितामा क्रितेश व्यञ्जनकार सर्वोत्कृष्ट खेलाडी चुनिए । विजेता खेलाडीलाई ज्ञानोदय इन्टरनेसनल आवासीय विद्यालयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा र सिनियर सहायक प्रिन्सिपल भानु एलगायतले प्रमाणपत्र वितरण गरे । एक सातासम्म चलेको लिगकम नकआउट प्रतियोगितामा उपत्यकाका ९ टिम सहभागी थिए । (सौस)

प्रतिक्रिया