हातेमालो भवन निर्माणमा

काठमाडौं : हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाराले भवन निर्माण सुरु गरेको छ । सिमराको मूलसडकमा संस्थाको स्वामित्वमा रहेको एक कठ्ठा घडेरीमा बहुउद्देश्यीय भवन निर्माण प्रारम्भ गरेको हो । संस्थामा कृषि तथा व्यावसायिक पसल, कार्यालय र करिब एक सय ५० जनालाई एकसाथ प्रशिक्षण दिन सकिने सहकारी तालिमकक्षसमेतको अवधारणा रहेको संस्थाका अध्यक्ष कृष्ण पौडेलले बताए ।

भवनको माध्यमबाट संस्था सञ्चालन तथा व्यवस्थापनमार्फत दिगो विकासका साथै विशेषत: कृषिजन्य साना व्यवसायलाई प्रवद्र्धन गर्ने र सहकारीको माध्यमबाट समाजको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणका लागि अघि बढ्ने लक्ष्य संस्थाले लिएको उनले बताए ।
संस्थाले यो वर्ष भवन निर्माणका लागि ५० लाख बजेट विनियोजन गरेको छ । साढे चार वर्षअघि स्थापना भएको हातेमालो सहकारी मध्यतराईको समुदायमा आधारित र सदस्यकेन्द्रित भएर कारोबार गरिरहेको छ ।

 

प्रतिक्रिया