आतंक मच्चाउने प्रहरी सार्वजनिक

Nabinkumar-Mandalराजविराज, १६ फागुन । आपराधिक समूहसँग साठगाठ गरेर गैरकानूनी रुपमा हतियार राखेको आरोपमा पक्राउ परेका प्रहरी हवल्दार नवीनकुमार मण्डललाई सप्तरीले सार्वजनिक गरेको छ ।
मण्डलको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र विभिन्न हतियारमा लाग्ने २८ राउण्ड गोली वरामद गरेको छ । मण्डलले ‘म प्रहरी हुँ’ भन्दै हतियार देखाएर सर्वसाधारणसँग रकम माग गर्दै आएका थिए । गोप्य सूचनाका आधारमा उनलाई फागुन–१४ गते पक्राउ गरिएको एसपी सञ्जय सिंह वस्नेतले जानकारी दिए ।
झापाको गौरिगञ्ज दरवन्दी भई वडा प्रहरी कार्यालय राजविराजमा कार्यरत ३२ वर्षीय मण्डलको राजविराजस्थित डेरावाट एक थान कटुवा पेस्तोल, गोली ३ थान, म्याग्नमको गोली १ थान, खोका १ थान, ‘थ्रि नट थ्रि’को खोका ६ थान, मर्का फोरको खोका १ थान, म्याग्नमको खोका ६ थान र नाईन एमएमको खोका ११ थानसमेत वरामद गरिएको वस्नेतले वताए ।
सिरहाको महेसपुर पतार–७ निवासी मण्डल विरुद्ध हातहतियार खरखजाना मुद्धा दर्ता गरिएको छ ।

प्रतिक्रिया