छोरा भेट्न पूर्व राजा बैंकक प्रस्थान

Gyanendra-Shahaकाठमाडौं, १६ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाह पत्नी कोमल र नाती/नतिनासहित आज छोरा पारसलाई भेट्न बैंकक प्रस्थान गरेका छन् ।
बैंकक प्रस्थान गर्नु अघि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पूर्व राजा शाहले छोरा पारसको स्वास्थ्य सुधारको विषय भगवान र डाक्टरहरुको हातमा रहेको बताए । ‘सम्पूर्ण कुरा भगवान र डाक्टरमा सीमित छ,’ उनले भने, ‘केवल हामीले कामना मात्रै गर्ने हो ।’
उनले पारसको स्वास्थ्य अवस्थालाई लिएर सम्पूर्ण देशवासी र मिडियाले देखाएको चासो एवं सद्भावप्रति आफू कृतज्ञ रहेको बताए । उनले भने, ‘स्वास्थ्य लाभ होस भन्ने यही कामना गरौं ।’
पूर्व राजा शाह थाइ एयरवेजको टिजी ३२० बोइङ ७७७ बाट दिउसो बैंकक प्रस्थान गरेका हुन् । उनका साथ नाती हृदयेन्द्र नातिनीहरु पूर्णिका र कीर्तिका पनि छन् ।
पूर्व युवराज पारसलाई एक साताअघि हृयघात भएपछि बैंककस्थित समितिभेज अस्पतालमा भर्ना गरिएको थियो । उनको हेरचाहका लागि पत्नी हिमानी र आफन्तहरु बैंककमै छन् ।
बैंकक प्रस्थान गर्न लागेको पूर्व राजपरिवारलाई विदाई त्रिभुवन विमानस्थल बाहिर समर्थकहरुको उल्लेख्य भिड लागेको थियो ।Komal-ShahaPras-Shaha

प्रतिक्रिया