तीन विद्यार्थी संगठनबीच झडप

भक्तपुर, १६ फागुन । भक्तपुरको सानो ठिमी क्याम्पसमा खेलकुद सप्ताह मनाउने विषयमा विवाद हुँदा आज विहान विद्यार्थी संगठनहरु बीच झडप भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनले भोलिदेखि २३ गतेसम्म सञ्चालन गर्न लागेको शहीद सप्ताह खेलकुद–२०६९ को विषयमा अखिल क्रान्तिकारी र नेविसंघ तथा अनेरास्ववियूबीच विवाद भएको हो ।
झडपमा तीन वटै विद्यार्थी संगठनका झण्डै १० जना समर्थक घाइते भएका छन् ।
अखिल क्रान्तिकारीको बर्चस्व रहेको स्ववियूले विरोधका बाबजुद पनि एक्लै खेलकुद सप्ताह गर्न लागे पछि नेविसंघ र अनेरास्ववियुले विरोध जनाएका हुन् ।
झडपका क्रममा अखिल क्रान्तिकारीका विद्यार्थीले कक्षा कोठामै प्रवेश गरेर नेविसंघ र अनेरास्ववियुका विद्यार्थी माथि आक्रमण गरेको गरेको आरोप लागेको छ ।

प्रतिक्रिया