‘पछारेर हसियाले घाँटी रेटी मार्‍यौँ’

Rautahat-Hatyaरौतहट, १६ फागुन । कर्कच कर्मैया–९ का विनोद राय यादवका सात वर्षीय छोरा शिवजी रायको हत्या गरेको आरोपमा दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीया लालु देवी र ४० वर्षीया रजिया देवी छन् ।

अभियुक्त दुवैले १० फागुनमा घरबाहिर खेलिरहेका शिवजीलाई ललाइफकाई गााउनजिकैको उखुबारीमा लगी हसियााले घाँटी रेटी हत्या गरेका थिए । ‘मिठाईको लोभमा बालकलाई फकाएर लगी हसिायाले घाँटी रेटेर मारेको अनुसन्धानमा खुलेको छ,’ प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताए । दोषी सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा ती महिलाले हतियारका रूपमा प्रयोग गरेको हसिायासमेत सार्वजनिक गरिएको थियो ।
मृतककी आमासाग पानीको विषयमा विवाद भएपछि आक्रोशित बनेकी लालु देवीले बदला लिन बालकको हत्या गरेको खुलेको छ । पत्रकार सम्मेलनमा लालु देवीले आफूले बालकलाई उखुबारीसम्म लगेको र त्यहाा पहिले नै तयार रहेकी रजिया देवीले बालकलाई पछारेर दुवैजना मिली हत्या गरेको स्वीकार गरिन् ।
रजिया र लालु देवी मिलेर हत्यामा प्रयोग गरेको हसियाँ प्रहरीले घटनास्थलभन्दा केही पर गाडिएको अवस्थामा बरामद गरेको थियो । ‘घटनास्थलमा चुराका केही टुक्रा र मिठाई बरामद भएपछि अनुसन्धानमा मद्दत भएको थियो,’ उपरीक्षक परियारले भने, ‘पक्राउ परेका दुवै महिलाले आफूहरूले हत्या गरेको बयान दिएका छन् ।’

प्रतिक्रिया