बँदेल मार्ने दुई जना पक्राउ

कैलाली, १५ फागुन । जंगली जनावर बँदेल मारको अभियोगमा कैलाली प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सोमबार राती गेटा–३, मन्त्रीकटान टोलमा बँदेल काटेर मासु भाग लगाइरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट गस्तीमा गएको प्रहरी टोलीले दुई जनालाई मासुसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय मोतीप्रसाद चौधरी र घेदु चौधरी छन् । चौधरीद्वयलाई प्रहरी पक्राउ गरी ईलाका वन कार्यालय गेटामा बुझाएको छ ।

प्रतिक्रिया