प्रधानन्यायाधीश राजनीतिज्ञः नेपाल बार

nepal bar acatationकाठमाडौं, १५ फागुन । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश खिलराज रेग्मी राजनीतिज्ञ भईसकेको ठहर गरेको छ ।
रामशहा पथस्थित कार्यालयमा आज बसेको नेपाल बारको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले प्रधानन्यायाधीशको विज्ञप्तिले रेग्मी माथि नैतिक प्रश्न उठेको निर्णय गरेको हो । बैठकले रेग्मीलाई प्रधानन्यायाधीश भन्दा पनि एक राजनीतिज्ञ भएको निर्णय गरिएको महासचिव सुनिल पोखरेलले जानकारी दिए ।
‘सर्वोच्चले सोमबार जारी गरेको विज्ञप्तिले प्रधानन्यायाधीश खिलराज रेग्मी बेञ्चमा बस्न र मुद्दा हेर्न पाउँदैनन्,’ निर्णय बारे जानकारी दिँदै पोखरेलले भने, ‘अब रेग्मी माथि नैतिक प्रश्न उठेको छ ।’
नेपाल बारले आजै प्रानन्यायाधीशको निर्णय विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने भनिए पनि सार्वजनिक गरेन । महासविच पोखरेलले छिट्टै आन्दोलन सार्वजनिक गर्ने पनि जनाए ।
बैठकमा केन्द्रीय कार्यसमितिका साथै पूर्व अध्यक्ष र महासचिव तथा उपत्यकाका नेपाल बारका अध्यक्षहरुको सहभागिता रहेको थियो ।
प्रधानन्यायाधीश रेग्मीले सोमबार विज्ञप्ति जारी गरेर चुनावी सरकारको नेतृत्व लिने जानकारी गराए पछि नेपाल बारले आपत्ति जनाएको हो ।

प्रतिक्रिया