कैलाली, १५ फागुन । कैलालीको धनगढी–५ जाई गाउँको सडक छेउमा फेला परेको प्रेसर कुकर बम १२ घण्टापछि निष्क्रिय पारिएको छ ।
धनबहादुर चौधरीको राइस मिल नजिकैको सडक छेउमा सोमबार राती नै स्थानीयले बम फेलापरे आज बिहान १० बजे मात्रै नेपाली सेनाले निष्क्रिय बनाएको हो । बोराभित्र राखिएको बम नेकपा माओवादी (क्रान्तिकारी) को झण्डाले बेरेर राखिएको स्थानीय प्रशासनले जनाएको छ ।
सो स्थानमा २०६९ फागुन १० गतेको मिति राखिएको नेकपा माओवादी (क्रान्तिकारी) को पर्चा समेत भेटिएको छ । पार्टी अध्यक्ष जनपथको नाममा हस्ताक्षर उक्त पर्चामा वर्गशत्रुहरुलाई सखाप पार्न दीर्घकालीन जनयुद्धको फौजी कार्यदिशामा अगाडि बढिएको उल्लेख छ ।
प्रतिक्रिया