मर्चवारमा इन्नोभेटिभ बैंक

काठमाडौं : रुपन्देहीको मर्चवारमा इन्नोभेटिभ बैंक लिमिटेडले शाखा विस्तार गरेको छ । यो बैंकको छैटाँ शाखा हो । शाखाको उद्घाटन रुपन्देहीका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद पोखरेल र नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका व्यवस्थापक हरिशरण केसीले गरेका हुन् । सो अवसरमा प्रजिअ पोखरेलले ग्रामिण क्षेत्रको विकासका पूर्वाधारमध्ये बैंक पनि एक भएको र आºनो र सन्ततीको उज्ज्वल भविष्यका लागि बैंकसँग व्यवहार गर्न र बचत गर्ने बानीको विकास गर्न जरुरी रहेको बताए । बैंकका व्यवस्थापक केसीले ग्रामीण क्षेत्रमा बैंकिङ सुविधा पुर्‍याउने र शाखा खोल्दासमेत सरल तरिकाले स्वीकृति दिने नीति रहेको जानकारी गराए । बैंकको परिचय, भावी योजना तथा बैंकले दिइरहेको सेवा–सुविधाबारे बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार दाहालले अवगत गराए । (सौस)

प्रतिक्रिया