मुग्लिनमा उवासंघ गठन

चितवन : मुग्लिनका व्यवसायीले पहिलोपटक उद्योग वाणिज्य संघ गठन गरेका छन् । कल्याण गुभाजुको अध्यक्षतामा २३ सदस्यीय उवासंघ गठन गरिएको हो । संघको उपाध्यक्षमा कुमार श्रेष्ठ, सचिवमा चूडामणि आले, सहसचिवमा विनोद शेरचन र कोषाध्यक्षमा मणिरत्न शाक्य चयन भएका छन् । विनोद श्रेष्ठ, रोहिणी त्रिपाठी, प्रेमकुमार श्रेष्ठ, रुद्रबहादुर गुरुङ, कमलनारायण श्रेष्ठ, खड्गनारायण श्रेष्ठ, बलराम तिवारी, रामकृष्ण खड्गी, अम्बरबहादुर अधिकारी, मुक्तिकुमार श्रेष्ठ सदस्यमा चयन भएका छन् ।

यस्तै अन्य सदस्यमा टेकबहादुर गुरुङ, चन्द्रमणि सापकोटा, कृष्ण अधिकारी, तीलबहादुर विक, मोदराज सिलवाल, राम पाण्डे, अनिल गुरुङ र दिलबहादुर गुरुङ रहेका छन् ।

प्रतिक्रिया