मोबाइल ‘पिभोट’ सुरु

pivotoकाठमाडौं : मोबाइल सोसियल नेटवर्किङ नेपाल (मोबाइल नेपाल) तथा नेपाली युवा उद्यमी मञ्चको संयुक्त आयोजनामा सोमबारदेखि मोबाइल एप्ससम्बन्धी सोच तथा उत्पादन प्रतियोगिता (पिभोट) सुरु भएको छ ।
सो प्रतियोगिताका लागि इन्फो डेभ, विश्व बैंक तथा फिनल्यान्ड परराष्ट्र मन्त्रालय र योङइनोभेसन्सलगाायत संंस्थाले सहयोग गरिरहेका छन् । पिभोट नेपाल मोबाइल एप्लिकेसन विकास गर्ने समुदायमाझ उद्यमशील भावनाको विकास गर्ने एक पहल हो । यसलाई मोबाइल एप डेभलपर तथा अन्य मोबाइलसम्बन्धी चासो राख्ने जिज्ञासुहरूका लागि दिगो व्यावसायिक क्षमता भएका आºना मोबाइल एपसम्बन्धी रचनात्मक तथा नवीन सोच उत्पादन प्रस्तुत गर्ने अवसरका रूपमा लिइएको छ ।
प्रतियोगीले आºना सोच तथा उत्पादन सामाजिक विकास, उपयोगिता एवं मनोरञ्जन तथा व्यापार एवं वित्तीय सेवा गरी ३ वर्गमा पेस गर्नसक्ने छन् । प्रत्येक प्रतिस्पर्धीले आºना परियोजना एक अन्तर्राष्ट्रिय निर्णायक मण्डल अन्य सरोकारवालासमक्ष २६ अप्रिलसम्म प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।
प्रत्येक वर्गका विजेताले पुरस्कारस्वरूप एक हजार अमेरिकी डलर प्राप्त गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । मुख्य विजेताले भने ३ हजार अमेरिकी डलरका साथै आºनो सोच प्रस्तुत गर्न तथा बजारीकरण गर्ने मौकाका रूपमा एक अन्तर्राष्ट्रिय कार्यक्रममा पूर्णरूपमा नि:शुल्क भाग लिन पाउनेछन् ।

प्रतिक्रिया