पाँच हजारले हेरे ललितपुरको तस्बिर

Ablocanकाठमाडौं : फोटोपत्रकार अशोक दुलालको एकल तस्बिर प्रर्दशनी सोमबारबाट सकिएको छ । काठमाडौं भृकुटीमण्डपस्थित पर्यटन बोर्ड परिसरमा शनिबारबाट सुरु भएको प्रदर्शनीमा ५ हजारभन्दा बढी दर्शकहरूले प्रदर्शनीमा राखिएका चित्रहरू अवलोकन गरेका छन् ।
प्रदर्शनीमा अशोकले ललितपुर भू–भागका तीन वर्ष लगाएर संकलन गरिएका ६२ तस्बिर राखिएका थिए । प्रदर्शनीमा ललितपुरबाट देखिने मनोरम हिमालहरू, सुन्दर पहाडहरू, तालतलैया, दूरदराजझैँ दुर्गम बस्तीहरू, सहरका साथै सामुन्नेका काठ क्षेत्रको परिवेश र निर्माणधीन आधुनिक सहरको तस्बिरसमेत राखिएको छ । ललितपुरमा कर्णाली जत्तिकै दुर्गम लाग्ने गाउँहरू पनि छन् भन्ने खालका तस्बिरहरू पनि प्रदर्शनीमा छन् ।
ललितपुरका बारेमा सबैलाई जानकारी गराउने तथा पर्यटन प्रवद्र्धनमा सघाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको दुलालले बताए । उनले भने, ‘राजधानीसँग जोडिएको ललितपुर बत्तीमुनिको अँध्यारो भन्ने सबैलाई तस्बिरले जानकारी गराउँछ ।’
ललितपुरमा पर्यटन प्रवद्र्धनको उद्देश्यले श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको प्रायोजन नेपाल पर्यटन बोर्ड तथा जिल्ला विकास समिति ललितपुरको सहयोगमा आयोजना गरिएको प्रदर्शनीको ‘हाम्रो ललितपुर राम्रो ललितपुर’ शीर्षक रहेको थियो । (सौस)

प्रतिक्रिया