प्रधानन्यायाधीशले मुद्दा प्रभावित पार्नु हुँदैन

prdeep gyawaliकाठमाडौं, १४ फागुन । एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञावलीले अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा प्रधानन्यायाधीशले दलहरुको चुनावी सरकारको नेतृत्व गर्ने प्रस्ताव स्वीकार्नु गम्भीर विषय भएको बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा ज्ञवालीले आफै मातहत रहेको अदालतमा विचारधिन रहेको विषय त्यसलाई प्रभावित पार्ने हिसावमा प्रधानन्यायाधीश बोल्न नहुने बताए ।
‘प्रधानन्यायाधीश अहिले बोल्नु हुँदैन,’ उनले भने, ‘सर्वोच्चको फैसला पर्खनु पर्छ, त्यसलाई प्रभावित पार्ने काम राम्रो होइन ।’
उनले राजाले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गर्दा दलहरुले गरेको स्वागतकै कारण मुलुकमा निरकुशता हावी भएर ४ वर्ष संघर्ष गर्नु परेको बताए ।
कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानन्यायाधीशको नेतृत्वको विषय सर्वोच्च अदालतमा विचाराधिन रहेकाले त्यहाँबाट फैसला हुँदासम्म कसैले पनि टिप्पणी गर्न नहुँने बताए ।

प्रतिक्रिया