सुन्दरीको सामाजिक कार्य

Sundariकाठमाडौं : एकैसाथ घोषित भएका भिन्नाभिन्नै शीर्षकका चार मिस नेपाल गजल चौधरी, मिस टिन इन्टरनेसनल सदीक्षा रेग्मी, मिस इन्टरनेसनल ओशिका न्यौपाने र मिसेज नेपाल रजनी थापालाई सामाजिक कार्यको थालनी गरेका छन् । प्रतियोगिताका सहभागीले एक वर्षसम्म सामाजिक कार्य गर्नुपर्ने ई–प्लानेटका अवधारणाबमोजिम प्रतियोगीले सामाजिक कार्यको थालनी गरेका हुन् । विजेताले सेभेन नेपाल संस्थाको सक्रियतमा शनिबार रक्षा नेपालमा आश्रित २५ बालबालिकालाई ब्ल्यांकेट स्टेसनरी सामाग्री तथा ट्रयाकसुट वितरण गरे । उक्त कार्यका लागि इप्लानेटले आफ्नो लोगो अंकित ट्रयाकसुट तथा किड्जोनले स्टेसनरी सामाग्री उपलब्ध गराएको थियो भने सहभागीले जनही एक हजार पाँच सय रुपियाँ जम्मा गरेका थिए ।
प्रतियोगिताका विजेता, उपविजेता तथा सहभागीले आ–आफ्ना स्कुल र क्याम्पसमा सेभेन नेपाल फन्ड रेजर फर अर्फान एन्ड निडी चिल्ड्ेरन अफ स्कुलको नाममा क्लब गठन गरी अनाथ असहाय बालबालिकाका लागि सहयोग जुटाइरहेका छन् ।
सोही अवसरमा प्रतियोगिताका विजेता चार सुन्दरी लिटिल मिस नेपाल गजल चौधरी, मिस टिन इन्टरनेसनल सदीक्षा रेग्मी, मिस इन्टरनेसनल ओशिका न्यौपाने र मिसेज नेपाल रजनी थापालाई रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले सदभावना दूत नियुक्ती पत्र प्रदान गरी कार्यभार सुम्पिइन् । सो अवसरमा ई–प्लानेटका अध्यक्ष तथा सेभेन नेपालका सचिव सन्तोष सापकोटाले विजेतालाई सदभावना दूत एवं उपविजेता तथा सहभागीलाई प्रतिनिधि पात्र नियुक्त गरे । युवापुस्तालाई समाजसँग जोड्न तथा सामाजिक कार्यमा अग्रसर गराउन सानो प्रयासका रूपमा यस्ता कार्य गर्दै आएको ई–प्लानेटका संस्थापक तथा अध्यक्ष सन्तोष सापकोटाले बताए । (सौस)

प्रतिक्रिया