महँगीले दम्पति छुट्टिन पाएनन्

लन्डन : असमझदारी र विवादपछि श्रीमान्/श्रीमती आपसबाट अलग्गिन्छन् र छुट्टाछुट्टै बाटो रोज्छन् । तर, कोठा वा घरको महँगीका कारण ३६ लाख मानिस छुट्टिने निर्णय गरेर पनि सँगै बस्ने गरेको एक अध्ययनले देखाएको छ ।
हाउजिङ च्यारिटी सेल्टरको एक रिपोर्ट अनुसार श्रीमान्/श्रीमती विभिन्न कारणले अलग्गिए पनि महँगीका कारण पछि सँगै बस्न बाध्य छन् । छुट्टिएको एक जोडीले अध्ययनका क्रममा बताएअनुसार उनीहरूले उक्त निर्णयपछि पनि उनीहरूले ‘डबल बेड’ सेयर गरिरहनु परेको छ । आर्थिक कारणले नै गर्दा १० लाख जोडी आपसी असमझदारी र विवादका बीचसँगै बसिरहेको पाइएको छ । बेलायतमा अहिले एउटा घर खरिद गर्न एक लाख ६३ हजार पाउन्ड पर्छ भने मासिक भाडा ७ सय ३४ पाउन्ड छ । यस अध्ययनका क्रममा पाँच हजार चार सय जना मानिसलाई सहभागी गराइएको थियो । (एजेन्सी)

प्रतिक्रिया