पूर्वराष्ट्रपति नासिद ‘भारतभित्र’

माले, २ फागुन । माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नासिद गिरफ्तारी वारेन्टपछि राजधानी मालेस्थित भारतीय दूतावासमा पुगेका छन् । त्यहाँ उनले भारतीय राजदूत डिएम मुलैसँग भेट गरेका छन् । नासिद शरणका लागि त्यहाँ पुगेको अनुमान गरिए पनि भारतका विदेशमन्त्री सलमान खुर्सिदले नासिदले शरणका लागि आग्रह नगरेको बताएका छन् । भारतीय दूतावासले ट्विटरमार्फत नासिदलाई शरण दिनेसम्बन्धमा आफ्नो सुरक्षा सतर्कता नभुल्ने उल्लेख गरेको छ । नासिदको पार्टीका प्रवक्ताले
वारेन्टविरुद्ध गरिएको अपिल सम्बन्धमा सुनुवाई नभएसम्म उनी भारतीय दूतावासमै रहने बताएका छन् । संभावित झडपलाई मध्यनजर गर्दै मालेस्थित भारतीय दूतावासमा सुरक्षा उपस्थिति बलियो बनाइएको छ । पदमा रहँदा नासिदले अख्तियार दुरुपयोग गरेको उनीविरुद्ध आरोप छ । अदालतमा उपस्थित हुने गरिएको आदेश नासिदले बेवास्था गरेपछि उनीविरुद्ध गिरफ्तारीको वारेन्ट जारी गरिएको थियो । (एजेन्सी)

प्रतिक्रिया