तिब्बती युवकद्वारा आत्मदाहको प्रयास

Tibbat Flagकाठमाडौं, २ फागुन । काठमाडौंको बौद्धमा आज विहान एक तिब्बती यवकले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।
उनले बिहान करीव सवा ८ बजे आफ्नो शरीरमा आगो लगाएर सडकमा निष्किएका थिए । आफ्नो जिउमा पेट्रोल खन्याई आगो लगाएका उनलाई तत्काल बैद्ध प्रहरीले उद्धार गरेको प्रहरी प्रवक्ता केशव अधिकारीले जानकारी दिए ।
आफ्नो शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका उनलाई तत्काल शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएको थियो । उनको अवस्था चिन्ताजनक रहेको छ ।
प्रवक्ता अधिकारीले बौद्धनाथ स्तुपनजिकै रहेको रेस्टुरेन्टमा पेट्रोल खन्याई तिब्बती युवकले आफै आगो लगाएको जानकारी दिए । स्वतन्त्र तिब्बतको माग गर्दै आएका तिब्बती शरणार्थीहले चीन विरोधी प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया