भारतीय मलखाद बरामद

विराटनगर : मोरङ प्रहरीको गस्ती टोलीले हिरामल उद्योग कटहरी परिसरबाट अवैध भारतीय मलखादसहित एक ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।
को १ त २५६५ र को १ त ७८६ दुई नम्बर लेखिएको ट्रयाक्टरमा लोड गरिएको पाँच लाख मूल्य बराबरको भारतीय मलखाद बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त उद्योगमा भित्र्याउँदै गरेको अवस्थामा मलखादसहितको ट्रयाक्टर नियन्त्रणमा लिइएको हो । उक्त उद्योगले चोरीपैठारी गरी अवैध रूपमा भारतीय मलखादलाई पुन: प्याक गरी नेपाली उत्पादन हिरामल भनी बजारमा बिक्री गर्ने गरेको पाइएको प्रहरी स्रोतको भनाइ छ ।

प्रतिक्रिया