वासिंगटन : इरान र लेबनानमा रहेको उसको सहयोगी समूह हेजबोल्लाहले सिरियामा राष्ट्रपति बसर अल असदको पतन भएमा आफ्नो अभिरुचि हेर्न मिलिसिया समूह तयार गर्न लागेको समाचार वासिङटन पोस्टले आइतबार प्रकाशित गरेको छ । वासिङटन पोस्टले अमेरिकी तथा मध्यपूर्वका अधिकारीलाई उद्धृत गर्दै सिरियामा जातीय विभाजन आएमा आफ्ना लागि भरपर्दो समूह स्थापना गर्ने लक्ष्य इरानले राखेको उल्लेख गरेको छ ।
इरानले सिरियामा करिब ५० हजार लडाकुलाई अहिले सहयोग गरिरहेको बताइएको छ । उसले सिरियामा दुई वर्षदेखि जारी संकटको राजनीतिक समाधान खोज्ने प्रयास गरिरहेको छ । यस संघर्षमा हालसम्म ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । एक अमेरिकी वरिष्ठ अधिकारीले यो निकै ठूलो सैनिक सञ्चालन भएको र यसको लक्ष्य सिरियाली सरकारलाई सहयोग गर्ने देखिए पनि इरानले वास्तवमा सिरियामा भरपर्दो सेना राख्न चाहेको दाबी गरे । (एएफपी)
प्रतिक्रिया