काठमाडौंमा बर्डफ्लुको बिगबिगी

bird flueकाठमाडौं, २९ माघ । काठमाडौंको मनमैजुमा बर्डफ्लु फेला परे पछि आज विहान सातहजार पाँच सय कुखुरा नष्ट गरिएका छन् ।
मनमैजु–९, नेपालटारस्थित सुबर्ण बस्नेतले संचालन गरेको पोल्ट्री फर्ममा बर्डफ्लु फेला परेको जानकारी पाउनासाथ विहान सवा ९ बजे पशु स्वास्थ्य सेवा निर्देशनालय त्रिपुरेश्वरबाट विशेष टोली खिटिएको थियो । सो क्षेत्रका आसपासका सबै कुखुरा फर्मलाई नियन्त्रणमा लिएर निर्देशनालयले बडफ्लुको चेकजाँच गरेको छ ।
डा.बोलाज आचार्य र प्रहरीसमेतको सहयोगमा कुखुरा फर्ममा रहेका ७ हजार ५ सय कुखुरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
कुखुरा फर्ममा रहेको मल र भुससमेत खाल्डो खनी पुरिएको छ ।

प्रतिक्रिया