इस्लामावाद : पाकिस्तानको उत्तरपूर्वमा पर्ने खैबर पख्तुनख्वा प्रान्तमा पाकिस्तान सरकारले नयाँ गभर्नर नियुक्त गरेको छ । तालिबानी चरमपन्थीको बलियो प्रभाव रहेको सो क्षेत्रमा पूर्वमन्त्री साउकातुल्लाह खानलाई गर्भनरमा नियुक्त गरिएको सरकारी अधिकारीहरूले घोषणा गरेका छन् ।
खानलाई पाकिस्तानी प्रधानमन्त्री रजा पर्भेजको सिफारिसमा राष्ट्रपति असिफ अलि जर्दारीले नियुक्त गरेका हुन् । राष्ट्रपति जर्दारीले उत्तरपूर्वी पाकिस्तानमा आगामी ६ महिनाभित्र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेपछि पाकिस्तानका सातवटा आदिवासी क्षेत्रमा शान्तप्रक्रिया अगाडि बढाउन सघाउने उद्देश्यले खानलाई तालिबानी लडाकुको बलियो प्रभाव रहेको पाकिस्तानको उत्तरपश्चिम आदिवासीक्षेत्र खैबर पख्तुनख्वाको गभर्गरमा नियुक्त गरिएको छ । (सिन्ह्वा)
प्रतिक्रिया