छाला जुत्ता मेला सुरु

काठमाडौं : नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा कला र कौशल हाम्रो नेपाली ब्रान्ड नै राम्रो भन्ने नाराका साथ दोस्रो राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी सुरु भएको छ । फागुन ५ गतेसम्म राष्ट्रिय सभागृहमा हुने मेला नेपाली साना घरेलु तथा लघु उद्योगलाई वैज्ञानिक रूपले आधुनिकीकरण गर्दै भविष्यमा विदेशी बजारमा समेत परिचित गराउँदै लाने र राष्ट्रिय अर्थतन्त्रमा अझ बढी टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।

८० देखि ९० हजार दर्शक भित्र्याउने लक्ष्य आयोजकको छ । मेलामा उद्यमीले ६५ वटा स्टलमा आ–आºना उत्पादन प्रदर्शन तथा बिक्री गर्नेछन् । नयाँ मोडलका आधुनिक जुत्ता, चप्पल तथा छालाजन्य वस्तु मेलामा रहने बताइएको छ । मेलामा बिक्री गरिने जुत्तामा ६ महिनादेखि १ वर्षसम्मको वारेन्टी तथा चप्पल र बच्चाका जुत्तामा १५ प्रतिशत र ठूला जुत्तामा २५ प्रतिशतसम्म
छुट हुनेछ । (सौस)

प्रतिक्रिया